Logo
Logo

कांंग्रेस महाधिवेशन : मतपत्रमा संकेत नराखेपछि राइनासको मतदान स्थगित



लमजुङ । नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिकाको अधिवेशनमा विवाद उत्पन्न भएको छ । मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित गरिएको छ । नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो ।

उक्त मतपत्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्रसमेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको अध्यक्षका उमेदवार श्रीकृष्ण पौडेलले बताए ।

उनले भने, ‘कानूनी रुपमा वैधानिक नहुने गरी मतपत्रमा मतदान गर्ने कोलम नै नराखि मलाई हराउने योजनाबद्ध षड्यन्त्र रचियो ।’ उनले मतपत्रमा कोलम मात्र हटाएर सिरियल नम्बरसमेत नराखी आफूलाई हराउने योजना बनाएको बताए ।

पौडेलले प्रजातन्त्र र लोकतन्त्रको वकालत गर्ने काँग्रेस जस्तो पार्टीमा केही स्वार्थी र बदनाम नेताहरुका कारण पार्टी नै बदनाम भएको बताए । ‘मेरो जित सुनिश्चित थियो’ उनले भने, ‘त्यसैले हराउने योजनाबद्ध षड्यन्त्र रचियो ।’

निर्वाचन अधिकृत दिनेश चिलुवालले निर्वाचन सुरु भएको दश मिनेटमा मतपत्रमा त्रुटि भेटेपछि दुवै पक्षका प्रतिनिधिसँग छलफल गरेर सहमतिमा निर्वाचन प्रक्रिया अगाडि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्