Logo
Logo

जापान जान रोकिएका विद्यार्थीलाई पठाउने व्यवस्था गर्न निर्देशन



काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको बैठकले यस्तो निर्देश्न दिएको हो ।

‘जापानमा जाने १३ हजार विद्यार्थीहरुले पैसा बुझाएका छन् । जापानले सीआई पनि गरेको छ । भिसा पठाएको छ, तर जापान जान पाइराखेका छैनन्,’ शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुर्री घर्तीले भनिन्, ‘जापानसँग कूटनीतिक पहल गरेर विद्यार्थीहरु जाने वातावरण बनाउनु प¥यो भन्ने निर्देशन दिन समिति चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस्