Logo
Logo

बागमती प्रदेश प्रमुख शर्माको उपचार हुँदै



मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा मुटुको समस्या भई उपचाररत रहेका छन् । प्रमुख शर्माको अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको हो ।

विगत ७ वर्षदेखि मुटुसम्बन्धि समस्या भई उपचाररत प्रमुख शर्माको स्वास्थ्यमा समस्या देखिएपछि गत असोज ४ गतेबाट गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको थियो ।

उपचारका क्रममा प्रदेश प्रमुखको स्वास्थ्य अवस्था थप जटिल बन्न पुगेपछि उनको थप उपचारका लागि शनिबार उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा रिफर गरिएको थियो ।

शर्माको उपचारमा संलग्न डाक्टरको सल्लाहमा उनको आज विहानबाट मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको स्वकीय उपसचिव पारशमणि फुयालले जानकारी दिए । ‘हिजो दिनभरजसो प्रमुखको मुटुको चाल नै बन्द भई स्वास्थ्य अवस्था जटिल जस्तै बनेको थियो । आजबाट सुधार भएको छ’ स्वकीय उपसचिव फुयाँलले भने । उनका अनुसार प्रमुख शर्माको अहिले डा.सूर्य देवकोटाको टिमले उपचार गराइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्