Logo
Logo

ओलीको प्रतिवेदनमा भुसालको तीन बुँदे फरक मत



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीद्वारा केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन अपुरो रहेको भन्दै उपमहासचिव घनश्याम भुसालले तीन बुँदे फरक मत राखेका छन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा तीनसम्म चलेको बैठक आज सम्पन्न भएको छ । बैठक सम्पन्न हुनुभन्दा अघि उपमहासचिव भुसालले अध्यक्ष ओलीको प्रतिवेदन अपुरो रहेको टिप्पणी गर्दै फरक मत राखेका हुन् ।

अध्यक्ष ओलीले आफ्नो प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिइसकेपछि भुसालले मौखिक रुपमा आफ्नो ३ बुँदे फरक मत दर्ज गराएका थिए ।

भुसालले जनताको बहुदलीय जनवाद (जबज)बारे प्रतिवेदन स्पष्ट नभएको, संसद विघटनबारे पनि प्रस्ट दृष्टिकोण नआएको र समाजवादबारे पार्टी अलमलमा परेको भन्दै अध्यक्षको प्रतिवेदनमाथि फरक मत दर्ज गराएका हुन् ।

भुसालले राखेको फरक मतबारे विधान महाधिवेशनमा थप छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्