Logo
Logo

संयुक्त राष्ट्रसंघका ७ कर्मचारीलाई इथियोपिया सरकारद्वारा देश निकाला



काठमाडौं । इथियोपिया सरकारले संयुक्त राष्ट्र संघका ७ जना कर्मचारीहरुलाई देश निकाला गरेको छ । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इथियोपियाले संयुक्त राष्ट्र संघका कर्मचारीहरुलाई देश निकाला गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार सरकारले द्वन्द्वग्रस्त क्षेत्र टिग्रेमा मानवीय सहायता पुर्याउन असहयोग गरेको आरोप राष्ट्रसंघका कर्मचारीहरुले लगाएका थिए । त्यसलगत्तै इथियोपियाले राष्ट्रसंघीय बाल कोष (युनिसेफ), मानवीय सहायता संयोजन कार्यालय लगायतका ७ जना कर्मचारीहरुलाई ७२ घण्टाभित्र देश छाड्न आदेश दिइएको हो ।

इथियोपियाको यो निर्णयप्रति संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले यो घटनाबाट आफू स्तब्ध बनेको बताएका छन् । इथियोपियाले अपेक्षाबारे छलफल गर्न आफूहरु तयार रहेको पनि संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्