Logo
Logo

नेपाल एयरलाइन्सको निगम प्रवक्ताबाट हटाइए विजय लामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १७ वैशाख ।

नेपाल वायुसेवा निगमको प्रवक्ताबाट क्याप्टेन विजय लामा हटाइएका छन् ।

क्याप्टेनका रुपमा उडान भर्ने व्यक्तिले प्रवक्ताको समेत जिम्मेवारी लिँदा प्रेसर पर्ने भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले लामालाई दुईमध्ये एकमात्र जिम्मेवारी दिन नेपाल वायुसेवा निगमलाई पत्राचार गरेको थियो ।

लामालाई केही दिनअघि विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको थियो । तर, लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै जिम्मेवारीबाट हटाएको हो ।

प्राधिकरणको निर्देशनअनुसार वायुसेवा निगमले सोमबार लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको प्राधिकरणका प्रवक्ता त्रिलोचन पौडेलले बताए ।

प्राधिकरणले लामालाई प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान रोक लगाउने पत्र निगम पठाएपछि उनलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्