Logo
Logo

नेपाल र चीनबीच ऐतिहासिक सात सम्झौतामा हस्ताक्षर (सूची)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १७ वैशाख ।

नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, चिनियाँ यातायात मन्त्री ली सियाओफङले ती सम्झौताहरूमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यातायात तथा पारवाहन प्रोटोकलमा हस्ताक्षरसँगै औपचारिक रूपमा नेपालको समुद्रसँगको सम्पर्क एकतर्फी भारतमा मात्र रहँदै आएकोमा नेपालले चीन तर्फबाट पनि समुद्रसम्म पहुँच कायम भएको छ ।

नेपाल र चीनबीच सात सम्झौता

चिनियाँ अनुदानमा नेपालमा सञ्चालित आयोजनामा सम्बन्धी प्रमाणपत्र पनि दुई देशबीच आदान प्रदान भएको छ, जसमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली र चीनको तर्फबाट बाणिज्यमन्त्री झेङ शानको हस्ताक्षर रहेको बताइएको छ।

दुई देशबीच भएको अर्को समझदारी भन्सार सुधारका लागि द्विपक्षी सहयोग सम्बन्धी समझदारी हो। यसमा नेपालको तर्फबाट सचिव घिमिरे र चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले हस्ताक्षर गरिन्।

दुई देशबीच भएको छैटौँ समझदारी हो, नेपालको गुणस्तर तथा नापतौल विभाग र चीनको गुणस्तर विभागको स्तर सम्बन्धी सम्झदारी हो। यसमा नेपालको तर्फबाट चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यान्छीको हस्ताक्षर छ।

प्रतिक्रिया दिनुहोस्