Logo
Logo

इटलीमा विमान दुर्घटना, आठ जनाको मृत्यु



काठमाडौं । इटलीमा एक निजी विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । इटलीको उत्तरी सहर मिलानमा रहेको एक खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा विमानमा सवार आठै जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडेको सिंगल इन्जिन पिलाटस पीसी १२ विमान दुर्घटनामा परेको हो ।

दुर्घटनामा पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विमान ठोक्किएपछि भवन तथा भवन परिसरमा रहेका कारमा आगलागी भएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्