Logo
Logo

भारतको तिकुनियामा झडप, ८ जनाको मृत्यु



कैलाली । नेपाल–भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा झडप भएको छ । उक्त झडपमा परी ८ जनाको मृत्यु भएको छ ।

चार किसान र अन्य चारजनाको मृत्यु भएको हो । अहिले पनि उत्तर प्रदेशस्थित तिकुनिया क्षेत्र तनावग्रस्त छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले धानको मूल्य सही निर्धारण नगरेकाले किसान आन्दोलनमा थिए ।

सोही क्रममा भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र टेनीका छोराले किसानमाथि गाडी चलाएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्