Logo
Logo

आपत पर्दा के अब चीनवाट पेट्रोलीयम पदार्थ आउँछ ?


- दृष्टि न्युज/संवाददाता


नेपाल र चीनका विच पारवहन सन्धीको प्रोटोकलमा हस्ताक्षर भएको छ । तर अझैपनि चीनवाट नेपाललाई आपत पर्दा पेट्रोलियम पदार्थ आउने गरी सम्झौता भएको छैन ।

नेपाल सरकारले अहिले नै चीनवाट पेट्रोलियम पदार्थ आयात गर्ने सम्झौताका सबै पक्ष पूरा गरी त्यो प्रकृया शुरु गरिनु पर्दथ्यो । चीनवाट ल्याइने पेट्रोल विविध कारणले अलि महंगो अवश्यपनि होला । चीनवाट आयात गरिने पेट्रोलियम पदार्थ गुणस्तरिय पनि मानिन्छ । मुख्य कुरा भारतमा मात्र निर्भर भइराखियो भने आगामी दिनमा पनि नाकावन्दीको अश्त्र प्रयोग नहोला भन्न सकिन्न ।

 

तर नेपाल सरकारले चीनवाट पेट्रोलियम पदार्थ आयात गर्ने वारे कुनै पहल यसपाली पनि गरेन । नेपाल सरकारका ठुलावडाहरुले भारतीय दवावमा यसो गरेको पनि हुन सक्दछ । अथवा आर्यघाट नपुगे सम्म चेत नखुल्ने चलनले गर्दा पनि यस्तो महत्वपूर्ण सम्झौतामा जोड नदिएको हुन सक्दछ ।

चीनवाट पेट्रोलियम पदार्थ ल्याउन सम्झौता कार्यान्वयनको तहमा नगएसम्म अहिले भएको पारवहन सन्धीको वास्तविक औचित्य रहने छैन ।

नेपाल र चीन विच रेल मार्ग वनाउने कुरा भन्दा तत्कालका लागि सडक मार्गलाई वर्ष भरि नै चल्ने वनाउन जोड दिनु लाभदायक हुने देखिन्छ ।

रेल मार्ग वनाउन धेरै समय लाग्ने देखिन्छ । भन्ने वेलामा ९ वर्ष भनिएपनि नेपालका कुनैपनि आयोजना समय मै नवनेको हुनाले अझै १० देखि १५ वर्ष लाग्न सक्दछ । यो महंगो पनि छ । किनभने करीव ९० प्रतिशत रेलमार्गमा सुरुंग र पुलहरु वनाउनु पर्ने भएकोले यो महंगो पनि रहेकोछ ।

यसको लागि आवश्यक लगानी वारे अहिले सम्म कुनै छmलफल भएको छैन । चीनले अनुदानमा वनाइदिने भएमा यो सहज होला । नभए, नेपालले त्यो रकम ऋणमा लिनु कतिको फाइदाजनक होला नहोला भन्ने वारे छलफल शुरु भएकोछ ।

चीन संग पारवहन सम्झौता पूरा भएको छ । यसको प्रोटोकलमा पनि हस्ताक्षर भएको छ । यस अनुसार नेपालले चीनका चार समुद्री र तीन सुख्खा वन्दरगाह प्रयोग गर्न पाउने भएकोछ ।

०७२ असोज ३ मा नेपालको नयाँ संविधान घोषणा भएपछि भारतीय सरकारले नेपालमा नाकावन्दी लगाउन शुरु गरेपछि नेपालको लागि वैकल्पिक व्यापार मार्ग वारे तीब्र वहस भएको थियो । यस्तो वैकल्पिक मार्गको आवश्यकता वारे पहिले देखि छलफल भएपनि जोड दिएर तयारी भएको थिएन । तर ०७२ को नाकावन्दीले यसलाई टुंगोमा लान नकारात्मक सहयोग ग¥यो ।

नेपालले अहिले देखि नै चीन संगको सहमति अनुसार चिनियाँ वन्दरगाह प्रयोग गर्न अहिले देखि नै ठोस तयारी तथा शुरुवात गरिनु पर्दछ । यसले नेपाललाई भारतको नाकावन्दीको त्रासवाट मुक्त वनाउनेछ । तर यसकोलागि रेलमार्ग नै कुर्ने गल्ति नेपालले गर्नु हुँदैन । अहिले चलिरहेको रसुवागढि नाका तथा तातोपानी नाका प्रयोग गरेर चीन तथा तेश्रो मुलुक संग व्यापार शुरु गरिनु पर्दछ । यसले भारतीय अनावश्यक दवाववाट नेपाल क्रमश मुक्त हुने स्थिति तयार हुनेछ । तसर्थ रेलमार्गको तयारी गर्दै गर्दा रसुवागढी नाका र तातोपानी नाकाको वाटो फराकिलो वनाउने र वर्षै भरी चल्ने वनाइनु पर्दछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्