Logo
Logo

प्रदेश १ का मुख्यमन्त्रीले दसैँपछि मात्र विश्वासको मत लिने



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशैँपछि मात्र विश्वासको मत लिने प्रस्ताव राखेका छन् । शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने प्रस्ताव गरेका हुन् । बिहीबारबाट सुरु भएको प्रदेशसभाको अधिवेशन अगाडि सो प्रस्ताव पेश भएको हो ।

विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने सरकारको तयारी छ । विपक्षी गठबन्धनले भने मुख्यमन्त्रीले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् ।

तर, नेकपा एमाले दसैँपछि मात्र विश्वासको मत लिने तयारी गरिरहेका छन् । बिपक्षी गठबन्धनले विश्वासको मत पाउने सम्भावना कम भएकाले मुख्यमन्त्री आचार्यको सरकारले आयु लम्ब्याउने कसरतमा गरेको आरोप लगाएको छ । प्रदेश १ मा आजबाट असोज प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्