Logo
Logo

यो वर्षको नोबेल शान्ति पुरस्कार दुई पत्रकारलाई



एजेन्सी । यो वर्षको नोबेल शान्ति पुरस्कार पत्रकार मारिया रेसा र दिमित्री मुरातोभलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि ‘साहसी लडाइँ’ गरेका भन्दै यी दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको हो ।

नोबेल कमिटीले यी जोडीले जोडीले ुत्यो सिद्धान्तका लागि उभिने सबै पत्रकारको प्रतिनिधित्व गर्नेु बताएको छ।

प्रतिष्ठित पुरस्कारका विजेताले १० मिलियन स्विडिश क्रोना प्राप्त गर्नेछन् । यस पुरस्कारका लागि मारिया रेसा र दिमित्री मुरातोभ तीन सय २९ जनामध्ये बाट छानिएका हुन् ।

पत्रकार मारिया रेसा न्युज साइट र्याप्लरकी सहसंस्थापक हुन् । उनलाई फिलिपिन्समा सत्ताको शक्तिको गलत प्रयोग, हिंसा र तानाशाहीको बढ्दो खतराको खुलासाका लागि पहिले पनि सम्मानित गरिसकिएको छ ।

त्यस्तै दिमित्री मुरातोभ रुसको स्वतन्त्र अखबार नोवाजा गजेटाका सहसंस्थापक हुन् र पछिल्ले २४ वर्षदेखि पेपरको मुख्य सम्पादक रहेका छन् । मुरातोभले दशकौँदेखि रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै आएका नोबेल कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्