Logo
Logo

जापानका नयाँ सम्राटलाई राष्ट्रपति भण्डारीद्वारा बधाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारुहितोले गद्दी आरोहण गरेकामा बधाई ज्ञापन गरेबी छन् । राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण धेरै पुरानो मित्रवत् सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले जापानी सम्राटलाई बुधबार पठाएको बधाई सन्देशमा उनको सुख, सुस्वास्थ्यका साथै रिवा युगमा जापानी जनताको निरन्तर शान्ति प्रगति र समृद्धिको कामना गरेकी छन् । जापानका सम्राट नारुहितोले् गएराथि राज्यारोहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्