Logo

मजदूरकै बलमा राणा र पञ्चायतकालको अन्त्य भएको थियो : गच्छदार


Published On : 1 May, 2019

वैशाख १८भव्य रुपमा सफल पारौनेपाल कम्युनिष्ट पार्टी निकट भ्रात्रृ सङगठन नेपाल टे«ड युनियन महासंघ जिफन्ट व्यास नगर समितिले १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार दमौलीमा निकालेको -यालीमा सहभागी । प्रचण्ड घामको कुनै प्रवाह नगरी मजदुरहरु ¥यालीमा सहभागी भएका छन । तस्वीर : रासस

काठमाडौं, १८ बैशाख । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भएकोे बताएका छन् ।
उनले विसं २००३ ÷२०४६ साल र ०६१÷६२मा भएको आन्दोलनमा मजदूरले खेलेको अग्रणि भूमिकाकै जगमा राणा र पञ्चलाई समाप्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको प्रस्ट पारे । १३०औँ अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं २ ले बुधबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई वर्षाभित्र नेपाली मजदूरको न्यूनतम तलब रु २० हजार पु¥याउने अठोटका साथ आगाडि बढ्न पार्टी निकट मजदूर संगठनलाई आग्रह गरे ।
स्वदेश तथा विदेशमा रहेका नेपाली मजदूरहरुलाई अन्तर्राष्ट्रिय मजदूर दिवसको शुभकामना दिँदै नेता गच्छदारले मुलुकमा आमूल राजनीतिक परिवर्तन आए पनि मजदूरको जीवनस्तरमा परिवर्तन नआएकाले अब मजदूरको जीवनमा परिर्वतन ल्याउन सबै दल तथा मजदूर संगठन केन्द्रत हुन आवश्यक रहेको बताए ।
नेपाल ट्रेडयुनियन कांग्रेस प्रदेश नं २ का अध्यक्ष लक्ष्मण कुर्मीको अध्यक्षतामा सपम्पन्न भएको कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायतका नेताले सम्बोधन गर्दै घोषणा गरिएको न्यूनतम ज्यालादर कार्यान्वयन गराउन सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्