Logo
Logo

कमेरो लिन हिँडेकी युवती डुंगाबाट खसेर बेपत्ता



सुर्खेत । कर्णाली नदीमा डुंगा पल्टिँदा एक युवती वेपत्ता भएकी छन् । आइतबार सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा डुंगा पल्टिएको हो ।


डुंगा पल्टिँदा चौकुने गाउँपालिका–१० की १८ वर्षीया अनिता विक वेपत्ता भएको वडा अध्यक्ष शंकर बहादुर कामीले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ९ बजेतिर डुंगा पल्टिएको हो । घरको लागि कमेरो र माटो ल्याउन मोहन्याल गाउँपालिका जान लागेकी विक डुंगाबाट खसेर बेपत्ता भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्