Logo
Logo

यस्तो रहेछ राजको ‘तिमीलाई हेर्ने आँखा’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ बैशाख । गायक राज रोकाले आफ्नो नयाँ गीत ‘तिमीलाई हेर्ने आँखा’ को भिडियो सार्वजनिक गरेका छन् । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतको भिडियोमा त्रिकोणात्मक प्रेमभाव प्रस्तुत गरिएको छ ।
बिगत डेढ दशकदेखि बिभिन्न देशमा सांगीतिक कार्यक्रम आयोजनाका साथै गायन प्रस्तुति दिँदै आइरहेका गायक राजको यस गीतको भिडियोको निर्देशन र सम्पादन असिम चित्रकारले गरेका हुन् । भिडियोमा बिपना थापा, सागर खनाल र प्रशेस कार्कीले अभिनय गरेका छन् ।
गुन्जन स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज राजु इशानले गरेका हुन् । नारायण जिसीले खिचेको भिडियो निर्माणमा ओम स्टुडियोले सघाएको छ । ओएसआर डिजिटलबाट सार्वजनीक भिडियो दर्शकले मन पराउने बिश्वास गायक राजको छ ।

 

प्रतिक्रिया दिनुहोस्