Logo
Logo

एनसेलको आम्दानी र नाफा दुबै घट्यो, यस्तो छ कारण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १९ वैशाख ।
टेलिकम सेवा प्रदायक एनसेलको आम्दानी र नाफ दुबै घटेको छ ।

आजको कान्तिपुर दैनिक लेख्छ–एनसेलको मातृ कम्पनी आजियटाले सार्वजनिक गरेको सन् २०१८ को वार्षिक प्तिवेदनमा नेपाल सरकारले बढाएको करको दायराका कारण नाफा घटेको दाबी गरिएको छ ।

एनसेलले गत वर्ष ५७ अर्ब ५० करोड आम्दानी गरेको थियो । सबै कर भुक्तानीपछिको नाफा १५ अर्ब ३० करोडमात्रै भएको तथ्यांक सार्वजनिक गरिएको छ । सन् २०१७ मा एनसेलले ५८ अर्ब बढी आम्दानी गरी करिव १९ अर्ब नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्