Logo
Logo

नेपालमा बर्ड फ्लुबाट पहिलोपटक मानिसको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ बैशाख । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ । यसअघिसम्म पुशपंक्षीमा मात्र भेटिएको बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्युसमेत भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जनाएको हो । मृत्यु भएका ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । उक्त परीक्षणको रिपोर्ट १७ वैशाखमा आएको थियो, जसमा बर्ड फ्लु पुष्टि भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्