Logo
Logo

नर्वेमा तीर आक्रमणः ५ जनाको मृत्यु, दुई घाइते



काठमाडौं । नर्वेको राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सवर्गमा एक व्यक्तिले धनुष र तीर प्रयोग गरेर अन्धधुन्ध आक्रमण गरेका छन् । उक्त आक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीले स्थानीय समयअनुसार साँझ ६ बजेर १३ मिनेट जाँदा घटनाबारे पहिलो सूचना प्राप्त गरेको समाचार एजेन्सीहरुले जनाएको छ ।

प्रहरी प्रमुख ओयभिन्ड आशले संदिग्धलाई पक्राउ गरिसकेको र हालसम्म उनले एक्लै यो घटना घटाएको पाइएको जनाएका छन् । प्रहरीले यो घटनाबारे अध्ययन गर्ने पनि जनाएको छ । प्रधानमन्त्री एर्ना सोल्बर्गले घटनालाई ‘भयानक’ भएको संज्ञा दिएकी छन् ।

आक्रमणकारीले शहरको पश्चिमी क्षेत्रमा रहेको कुप एक्सट्रा सुपरमार्केटमा यो आक्रमण गरेको बीबीसीले जनाएको छ । घाइते हुनेमा एक प्रहरी पनि रहेका छन् । उनी आक्रमणको समय त्यही पसलमा रहेको बुझिएको छ । सुपरमार्केटका प्रवक्ताले घटनामा कर्मचारी सुरक्षित रहेको जानकारी दिएको छ । प्रहरीले साँझ ६ बजेर ४७ मिनेट जाँदा आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्