Logo
Logo

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक अहिले बसिरहेको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सोमबार विहान ८ बजेबाट सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

बैठकमा अध्यक्ष प्रचण्डसहित अधिकांश नेता सहभागी भएका छन् । प्रेस संयोजक सापकोटाका अनुसार बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ ।

माओवादी केन्द्रले कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने तयारी गरेको छ । यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्