Logo
Logo

तालमेल नमिल्दा उपविजेता मात्र बन्यौँ : कप्तान चेम्जोङ



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले नेपाली फुटबल टोलीमा युवाको जमात भएकाले आगामी दिनमा राम्रो नतिजा निकाल्ने बताएका छन् ।

माल्दिभ्समा सम्पन्न १३औँ संस्करणको साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर सोमबार स्वदेश फर्किएलगतै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै चेम्जोङले आगामी दिनमा नेपाली फुटवलको भविष्य राम्रो रहेको बताएका हुन् ।

फाइनल खेलको दोस्रो हाफमा टिमको तालमेल अभावले आफूहरु विजेता बन्न नसकेको उनको भनाइ थियो । उनले आगामी दिनमा खेल सुधार्ने समेत बताए ।

शनिबार मालेमा भएको फाइनलमा नेपाल–भारतबीच प्रतिस्पर्धा ३–० ले नेपाल पराजित भएर उपविजेतामा चित्त बुझाउनु परेको थियो । लिग चरणमा भने नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्