Logo
Logo

डब्ल्यूएचओले भन्यो- ‘कोरोना माहामारी अझै एक वर्ष लम्बिनेछ’



तस्विर फाईल

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले २०१९ बाट जारी कोरेना महामारी २०२२ सम्म लम्बिने सक्ने बताएको छ । डब्ल्यूएचओ स्थित वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले त्यसको अर्थ कोभिड सङ्कट ‘सन् २०२२ को अन्त्यसम्मै मजाले लम्बिने’ देखिएको बताएका हुन् ।

हालसम्म पनि विपन्न मुलुकहरूले चाहिने कोभिड खोपहरू पाएको छैन । अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोभिड खोप पाएको छ जबकि अरू अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन् ।

खोपको आवश्यकता रहेका देशहरूलाई यूकेले एक करोड मात्राभन्दा बढी खोप उपलब्ध गराएको छ । डब्ल्यूएचओका अनुसार सोचेभन्दा एक वर्ष बढी कोरेना माहामारी लम्बिने अवस्था देखिएको हो । डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपका लागि दिएको अर्डर छोड्न आग्रह गरे ताकि उत्पादक कम्पनीहरूले कम आय भएका मुलुकलाई प्राथमिकतामा राख्न सकून् ।

सम्पन्न देशहरूले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी ७ लगायतका बैठकमा कोभिड खोप सहयोगबारे आफूहरूले जनाएको प्रतिबद्धताबारे समीक्षा गर्न आवश्यक रहेको बताए ।

डा. एल्वर्डले भने, ‘म भन्न सक्छु कि तपाईँहरू सही बाटोमा हुनुहुन्न ।’ तथ्याङ्क अनुसार उत्पादक कम्पनी र सम्पन्न राष्ट्रहरूले प्रतिबद्धता जनाएका कोभिड खोपका सातमध्ये एउटा मात्रा मात्रै अति गरीब देशहरूमा पुग्न सकेको छ । अधिकांश कोभिड खोप उच्च अथवा मध्यम आय भएका देशहरूले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्