Logo
Logo

उत्तर कोरियाद्वारा शक्तिसाली क्षेप्यास्त्र परीक्षण



काठमाडौं । उत्तर कोरियाले पनडुब्बीबाट क्षेप्यास्त्र प्रहार गरेको छ । मंगलर विहान प्रहार गरिएको उक्त क्षेप्यास्त्र जापानको सामुन्द्रिक क्षेत्रमा खसेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पनडुब्बीबाट गरिएको नयाँ ब्यालेस्टिकको उक्त क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाको दावी छ ।

समाचार अनुसार आफ्नो पछिल्लो क्षेप्यास्त्रलाई कसैले पनि ट्रयाक गर्न नसक्ने उत्तर कोरियाको दाबी छ । निकै शक्तिशाली मानिएको हाइपरसोनिक र लामो दुरीमा मार हान्न सक्ने क्षमताका क्षेप्यास्त्रहरु उत्तर कोरियालले गएका साताहरुमा परीक्षण गरेको थियो ।

पछिल्ला दिनहरुमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई तीब्र बनाएको छ । जसको अमेरिका, दक्षिण कोरिया र जापानले विरोध गरिरहेका छन् ।

उत्तर कोरियाले भने क्षेप्यास्त्र कसैप्रति लक्षित नभइ आत्मरक्षाका लागि परीक्षण गरिएको प्रतिक्रिया दिँदै आएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्