Logo
Logo

क्रिकेटको दुनियामा दीपिका र रणवीरको ‘एन्ट्री’, छिट्टै आईपीएल टीम किन्ने



एजेन्सी । आईपीएलमा यसपटक नयाँ टीम थपिने भएको छ । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले आईपीएलमा नयाँ टीम थप्न लागेका हुन् । यसअघि बलिउडका शाहरुख खान, प्रीति जिन्टाको दुईवटा आईपीएल टीम छ । यी दुईका टीमले छिट्टै बीड लगाउनेछन् । यसको सुरुवात अक्टोबर २५ बाट हुने जानकारी दिइएको छ । दुई सबैभन्दा ठूलो बिडर्सलाई टीमको अधिकार प्राप्त हुनेछ ।

शाहरुख खान र जुही चावलाको टीमको नाम कोलकोता नाइट–राइडर्स हो । प्रीति जिन्टाको पनि आफ्नै टीम छ उनको टीमको नाम किंग्स ११ पंजाब हो । यसैगरी, दीपिका र रणवीरको पनि टीम हुनेछ । दीपिका र रणवीर दुवै खेलकुदमा चासो राख्छन् । दीपिकाका पिता प्रकाश पादुकोण ब्याडमिन्टन च्याम्पियन हुन् भने रणवीर सिंहले दुई ठूला स्पोर्टिङ टुर्नामेन्टमा सहभागीता जनाएका थिए । जसमा एनबीए र इंग्लिश प्रीमियर लीग रहेका छन् ।

दीपिका र रणवीर मात्रै होइनन् यी दुई नयाँ टीमका लागि अन्य व्यक्तिहरुले पनि बिड गर्ने जिम्मा लिएका छन् । जसमा अडानी ग्रुप, ग्लेजर फ्यामिली, ओरोबिन्दो फर्मा, आरपी–संजीब गोयन्का ग्रुप, जिन्दल स्टील, हिन्दुस्तान टाइम्स मिडिया, रानी स्कुवाला, कोटक गु्रप, सिंगापुर बेस्ड पीई फर्म, सीवीसी पार्टनर्स र ब्रोडकास्ट एण्ड स्पोर्ट कन्सल्टिङ एजेन्सीज आईटीडब्ल्यु र ग्रुप एम छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार बीसीसीआई करिब ७००० करोड (भारतीय रुपियाँ) देखि १० हजार करोडको बिडिङ प्राइसमा रहने अनुमान गरिएको छ । जसको न्यूनतम मूल्य दुई हजार करोड राखिएको छ । जति पनि ग्रुप मिलेर बिड गर्छन् ती ग्रुपले हरेक वर्ष तीन हजार करोड मुनाफा कमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्