Logo
Logo

ड्रग्स प्रकरण : अभिनेत्री अनन्या र आर्यनबीच गाजाको विषयमा कुराकानीको राज के ?



एजेन्सी । बलिउड अभिनेत्री अनन्या पाण्डे र अभिनेता शाहरुख खानका छोरा आर्यनबीचको कुराकानीको विषयलाई लिएर एनसीबीले छानबीन थालेको छ । एनसीबीले अनन्यालाई आर्यनसँगको कुराकानीको बारेमा दुई दिनमा गरी ६ घण्टा सोधपुछ गरेको छ । एनसीबीले उनलाई फेरि सोमबार सोधपुछ गर्ने गरी फिर्ता पठाएको छ ।

अनन्यासँग शुक्रबार एनसीबीको टोलीले ४ घण्टा सोधपुछ गरेको थियो । भने, आइतबार २ घण्टा सोधपुछ गरेको थियो । सोमबार फेरि उनीसँग यस विषयमा सोधपुछ हुनेछ । अनन्यासँगको कुराकानीले आर्यन अझै मुश्किलमा पर्ने देखिएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

अनन्या र आर्यनबीच सन् २०१८ र २०१९ मा गाजाको विषयमा कुराकानी भएको थियो । अनन्याको दुवै फोन एनसीबी टोलीले जफत गरेको छ । उक्त कुराकानीको विषयमा अनन्याले आफूलाई याद नभएको बताएकी भारतीय सञ्चार माध्यममा उल्लेख छ । एनसीबीका उच्च अधिकारीका अनुसार अनन्याले आर्यनलाई पहिले नै गाजा प्रयोग गरेको र फेरि गर्न चाहेको बताएकी छन् ।

उनीहरुले गाजाको विषयमा कुराकानी गरेका थिए । कुराकानीका क्रममा आर्यनले अनन्यालाई सोधेका छन्, ‘गाजाको व्यवस्था हुन सक्छ ?’ जसको जवाफमा अनन्याले लेखेकी छन्, ‘म व्यवस्था गरिदिन्छु ।’ यो कुराकानीको विषयमा अनन्याले मजाक मात्रै गरेको बताएकी छन् ।

अनन्याले आर्यनसँग चुरोटको विषयमा कुराकानी भएको बताएकी छन् । उनले लागूपदार्थको सेवन नगरेको भन्दै स्पष्टिकरण दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्