Logo
Logo

दलीय सहमति नभए एमसीसी पास हुँदैन : मन्त्री खड्का



विराटनगर । परराष्ट्र मन्त्री डा. नारायण खडकाले दलीय सहमति नभए मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकोले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताएका हुन् ।

‘हामी सहमतिको प्रयासमा छौं, दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन,’ मन्त्री खड्काले भने । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरुबीच सहमति कायम गरेर अघि बढ्नेमा कुनै आशंका नरहेको भन्दै उनले सरकारले सबै काम सहमतिका आधारमा गर्ने बताए ।

उनले गठबन्धन दलहरुबीचकै सहमतिमा प्रदेश सरकारको नेतृत्वको विषयमा पार्टीले निर्णय लिने जानकारी दिए । सरकारले प्रदेश सरकार गठन लगायतका विषयमा प्याकेजमा सहमति गरेर कामलाई अघि बढाउने भन्दै अहिलेसम्म प्रदेश सरकारको नेतृत्वको विषयमा अन्तिम टुंगो नलागिसकेको टिप्पणी गरे ।

उनले प्रदेश १ सरकारको नेतृत्व अझैपनि कांग्रेसले गर्ने सम्भावना जीवित रहेको टिप्पणी गरेका छन् । गठबन्धन दलहरुबीच सन्तुलन मिलाउनु पर्ने भएकोले नेपाली कांग्रेस लचिलो भएर प्रस्तुत हुने बताए ।

प्रतिक्रिया दिनुहोस्