Logo
Logo

निजामती कर्मचारी संगठन पर्साको भवन कब्जा गर्ने एमाले निकट कर्मचारीहरुको प्रयास विफल



वीरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन कब्जा गर्ने र संगठन फुटाउने नेकपा (एमाले) पर्साका नेताहरुको प्रयास विफल भएको छ ।

शनिबार एमाले निकट कर्मचारीहरु वीरगंजस्थित जिल्ला समन्वय समिति पर्सा नजिक रहेको संगठनको भवन कब्जा गर्न पुगेका थिए । संगठनको भवन कब्जा गर्ने योजनाबारे सूचना पाएका नेकपा (एकीकृत समाजवादी) निकटको कर्मचारी संगठनका नेताहरुलाई प्रतिकारमा उत्रिएपछि भवन कब्जा गर्ने योजना विफल भएको हो ।

एमाले निकटका कर्मचारीहरुले संगठनको भवनमा आफूनिकट कर्मचारीहरु भेला गर्ने बहानामा कब्जा गर्न खोजे पनि एकिकृत समाजवादी निकट कर्मचारीहरुले नदिएपछि उनीहरु त्यहाँबाट फर्केर वीरगंज घण्टाघर नजिक रहेको रोयल पार्टी प्यालेसमा पुगेर भेला गरेका थिए ।

पर्सामा सिंगो नेपाल निजामती कर्मचारी संगठन माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट रहेको छ । सोही संगठनलाई फुटाउन एमाले निकट कर्मचारी संगठनका सहसंयोजक लेखनाथ कोइराला, नौतम पोखरेल समेत पर्साको वीरगंज पुगेका थिए ।

संगठनको भवन कब्जा गर्न र संगठन फुटाउन प्रयासमा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, प्रदेश सदस्य बसरुदिन अन्सारी, प्रधुमन चौहान, वीरगंज महानगर सचिव सुन्दर कुर्मीको लगायतका नेताहरु समेत लागे पनि प्रयास विफल भएको हो ।

संगठनको भवन एक बर्ष अगाडी मात्र नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरी, संगठनका नेता सुबादार यादव लगायतको सक्रियतामा भवन निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्