क्यानाडेली नागरिक ३ बालकसहित आपत्तिजनक अवस्थामा पोखराबाट पक्राउ « Drishti News – Nepalese News Portal
Logo

क्यानाडेली नागरिक ३ बालकसहित आपत्तिजनक अवस्थामा पोखराबाट पक्राउ


दृष्टि संवाददाता


पोखरा । पोखराबाट क्यानाडेली नागरिक ३ बालकसहित आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् । उनलाई प्रहरीले बाल यौनदुराचारको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा लेकसाइडस्थित कोठा लिएर बसेका क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्ले छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई आइतबार दिउँसो साढे १ बजे नग्न अवस्थामा १४ वर्षका ३ बालकसँग भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालकसँगको सोधपुछका क्रममा रोबर्टले वालक माथि अप्राकृतिक मैथुन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले रोबर्टमाथि अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्