Logo
Logo

नीति तथा कार्यक्रममाथि छलफल हुँदै (लाइभ)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ बैशाख । संघीय संसद्को प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
आजको कार्यसूचीअनुसार नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमा छलफल हुनेछ ।
सदनमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, नेपाली काङ्ग्रेसका डा मीनेन्द्रप्रसाद रिजाललगायत २३ जना, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी र चन्द्रकान्त चौधरीले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्