Logo
Logo

सुरक्षा कारबाहीमा ५२ मारिए


- दृष्टि न्युज/संवाददाता


काबुल, २२ वैशाख (सिन्ह्वा) । अफगानिस्तानमा प्रायः अशान्त भई रहने पूर्वी प्रान्त घाज्नी तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीको क्रममा कम्तीमा ५२ लडाकू मारिएका छन् । स्थानीय दुई नेतासहित ५२ लडाकू मारिएका रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।
‘अहिले सम्मको विवरण अनुसार ५२ भन्दा बढी आतंकवादीहरु मारिएका छन्, अफगानी सेनाको तीन ओटा टोलीले गरेको पछिल्ला सुरक्षा कारबाहीमा उनीहरु मारिएका हुन्’ मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ । सेनाले शनिबार विहानैदेखि स्थलगत तथा हवाई कारबाही गरेको उच्च सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
मारिने स्थानीय दुई नेतामा अबु खालिद र क्युमान्दान सार्हादी रहेको पनि मन्त्रालयद्धारा जारी वक्तव्यमा जनाइएको छ अफगानिस्तानको राजधानी काबुलदेखि १२५ किलोमिटर टाढा पर्ने त्यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूहरुका बीचमा लामो समयदेखि लडाई चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्