Logo
Logo

सर्भर खराबीले नेपालका सबै सरकारी वेवसाइटहरु बन्द !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ बैशाख । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा समस्या आएपछि नेपालका सबै सरकारी वेवसाइट बन्द भएका छन् । करिब एक घन्टादेखि बन्द भएका ती वेवसाइटहरु  खुल्नलाई अझै केही समय लाग्ने बताइएको छ ।
सरकारी सर्भर बन्द भएपछि देशरभरका सरकारी कार्यालयको काम प्रभावित भएको छ । सर्भरमा सामान्य समस्या आएपछि मर्मतको कार्य जारी रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्