Logo
Logo

उपत्यकाभित्र घर फोरेर सुनका गहना चोरी गर्ने ३ जना पक्राउ



काठमाडौँ । काठमाडौँ उपत्यका भित्र संघसंस्था तथा घर फोरेर सुन र धनमाल चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका ३१ वर्षीय कमला थापा मगर, ३० वर्षीय धनलाल थापा मगर र पाँचथर घर भएका ३९ वर्षीय हरि प्रसाद रसाईली छन् ।

रसाईलीले सुनका गहना चोरीको हो भन्ने थाहा हुँदाहुँदै खरिद गरेको आरोपमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका धनलाल र कमलले रातको समयमा विभिन्न सहकारी तथा वित्तिय संघसंस्था फोर्ने र दिउँसोको समयमा कोही नभएको घरमा सुनका गहना लुटपाट गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । उनीहरुलाई ९ स्थानमा चोरी गरेको आरोप लागेको छ ।

प्रहरीले उनीहरुको साथबाट ८२.६८ ग्राम सुनका विभिन्न गहना, पैसा र २ थान मोबाइल बरामद गरेको छ ।

प्रहरीले भदौ २१ गते सितापाइलास्थित निर्मल गिरीको घरमा नगद र सुनचाँदीका गरगहनासहित ३ लाख ५८ हजार चारी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरु उपत्यकाका विभिन्न चोरीका घटनामा संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

कुन–कुन घटनामा थिए संलग्न ?

१. मिति २०७७/०८/१९ गते स्थित रातको समयमा का.जि. मुलपानी स्थित देबि बचत तथा ऋण सहकारी सस्थाबाट नगद तथा ल्यापटप समेत गरि अन्दाजि रु २०,००,०००र( बराबरको धनमाल चोरी गरि लगेको ।

२.मिति २०७७/११/०७ गते का.जि.का.म.न.पा. वडा न ३२ तिनकुने स्थित जुनार हिलटप सहकारी सस्थाबाट नगद रु १३७,५०० बराबरको धनमाल चोरी गरी लगेको ।

३. मिति २०७७ फागुन महिनामा का.जि.का.म.न.पा. वडा न १५ स्वयम्भु स्थित रुपेश गलानको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीका गर गहना समेत गरि ४,८०,००० बराबरको धनमाल चोरी गरि लगेको ।

४. मिति २०७७/११/११ गते रातीको समयमा का.जि. कागेश्वी मनहरा ७ स्थित दिदि सहकारि स्थाको मुल ढोका फोडी नगद रु २,१०,००० चोरी गरि लगेको ।

५. मिति २०७८ साल बैशाख महिनामा का.जि. सितापाईला स्थित बिश्वनाथ खनालको घरमा कोही नभएको मौका पारी नगद तथ सुन चाँदीको गर गहना समेत गरि अन्दाजी रु ३,१०,००० बराबरको धनमाल चोरी गरि लगेको ।

६.मिति २०७८/०३/१९ गते का.जि. सितापाईला बुद्धटोल स्थित कृष्ण लामाको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीका गर गहना गरि अन्दाजी रु ४,३०,००० बराबरको धनमाल चोरी गरि लगेको ।

७.मिति २०७८/०३/२४ गते का.जि. स्वयम्भु स्थित आरक्ष बचत तथा ऋण सहकारी सस्थाको ढोका फोडी नगद तथा सुन चाँदीका गर गहना समेत गरि अन्दाजि रु १,२३,००० बराबरको धनमाल चोरी गरि लगेको ।

८.मिति २०७८ बैशाख गते का.जि.नागार्जुन ४ सितापाईला स्थित शिव प्रसाद लामिछानेको घरमा कोही नभएको मौका पारी नगद तथा सुन चाँदीको गर गहना समेत गरि अन्दाजी १५,००,००० बराबरको धनमाल चोरी गरि लगेको ।

९. मिति २०७८/श्रावण महिनामा का.जि. का.म.न.पा. वडा न १० शंखमुल स्थित स्वबिबेक बचत तथा ऋण सहकारी संस्था बाट ढोका फोडी नगद रु १००,००० चोरी गरी लगेको ।

प्रतिक्रिया दिनुहोस्