Logo
Logo

ललितपुरमा बैंक लुटपाटको प्रयास


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ बैशाख ।
ललितपुरमा बैंक लुटपाटको प्रयास भएको छ । कुमारीपाटीमा रहेको एनएमबी बैंकको शाखामा शनिबार राती लुटपाटको प्रयास भएको हो ।

लुटपाटका लागि बैंकको झ्यालको फुटाएर लुटेरा भित्र पसेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार सोलारको पोलबाट उनीहरुले झ्यालको ििसा फुटाएका थिए । गार्डले थाहा पाएपछि लुटेरा भागेका थिए । लुटेरालाई समात्न खोज्ने क्रममा गार्ड सामान्य घाइते भएका छन् । लुटपाटको प्रयास गर्नेहरु फरार छन् ।

प्रतिक्रिया दिनुहोस्