Logo
Logo

सुडानमा सैनिक ‘कु’ विरुद्ध उत्रिएका ७ जनाको मृत्यु



काठमाडौं । सुडानमा सेनाले गरेको सत्ता कब्जाको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर सात जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरूले जनाएका छन् । सेना र प्रदर्शनकारीबीचको झडप भएको थियो ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएअनुसार १४० जना घाइते भएका छन् । सुडानमा सोमबार संक्रमणकालीन सरकारको नेतृत्व गरिरहेको सेनाले सत्ता कब्जा गरेको थियो ।

सेनाले प्रधानमन्त्रीसहित थुप्रै नेतालाई गिरफ्तार गरेको थियो । सशस्त्र बलले नागरिक शासन अपदस्त गरी राजनीतिक नेताहरूलाई पक्राउ गरेर संकटकाल घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा आएका हुन् । सो पछि सुडानका अधिकांश इन्टरनेट र टेलिफोन सेवा अबरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्