Logo
Logo

झारफुक गर्ने क्रममा टोकेर पत्नी र छोरीको हत्या



इलाम । झारफुक गर्ने भन्दै पत्नी र छोरीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षीय कमल तामाङ छन् ।

मंगलबार बिहान तामाङले घरभित्र नै श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेका प्रदेश नं १ का प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् ।

उनले लामो समयदेखि बेहोस हुने रोग भएका श्रीमती र छोरीको उपचारका लागि भन्दै आफ्नै घरभित्र घर परिवारका सदस्य राखी धामी बसेको समयमा झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्