Logo
Logo

विश्व शान्ति र विकासमा चीनको महत्वपूर्ण योग्दान : राष्ट्रपति सी



एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताले विश्व शान्ति र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

सोमबार संयुक्त राष्ट्र संघमा जनवादी गणतन्त्र चीनको वैधानिक स्थानको पुनर्स्थापनाको ५०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै चिनियाँ जनता शान्तिप्रिय भएको बताएका हुन् ।

‘५० वर्षदेखि चिनियाँ जनताले विश्वभरका जनतासँग ऐक्यबद्धता र सहयोगमा उभिएका छन् । अन्तर्राष्ट्रिय समानता र न्यायलाई समर्थन गर्दै विश्व शान्ति र विकासमा महत्त्वपूर्ण योगदान पुर्या्एका छन्,’ उनले भने, ‘चिनियाँ जनता शान्तिप्रिय जनता हुन् ।’

उनले सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षाका लागि अन्य विकासोन्मुख राष्ट्रहरूको न्यायोचित सङ्घर्षमा चिनियाँ जनताको बलियो समर्थक रहेको बताए ।

‘ताजारा रेलवेदेखि बेल्ट एण्ड रोड इनिसिएटिभसम्म, हामीले अन्य विकासोन्मुख देशहरूलाई मद्दत गर्न सकेका छौं । हाम्रो आफ्नै विकासको माध्यमबाट विश्वलाई नयाँ अवसरहरू प्रदान गरेका छौं’ उनले भने ।

उनले विश्वलाई कोभिड–१९ महामारीसँग लड्न चीनले पनि महत्वपूर्ण भूमिका खेलेको बताए । महामारीको कठिन समयमा चीनले विश्वसँग कोभिडपछिको प्रतिक्रिया अनुभव आदान(प्रदान गर्न सक्रिय रहेको छ र ठूलो मात्रामा आपूर्ति, खोप र औषधिहरू पठाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्