Logo
Logo

तीन डिएसपी र चार इन्सपेक्टर पुरस्कृत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ बैशाख ।
काठमाडौंमा कार्यरत तीन डिएसपी र चार इन्सपेक्टर पुरस्कृत भएका छन् । उत्कृष्ट काम गरेको भन्दै काठमाडौं परिसरले शनिबार उनीहरुलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरुमा स्वयम्भु वृत्तका डिएसपी सुधीरराज शाही, कालिमाटी वृत्तका देवेन्द्र पाल र नयाँ बानेश्वर वृत्तका गोविन्द काफ्ले छन् ।


त्यस्तै पुरस्कृत हुने इन्सपेक्टरहरुमा सिंहदरबार वृत्तका भोजराज पाण्डे, साँखु प्रभागका लक्ष्मी पाण्डे, काँडाघारी प्रभागका सुधीर राई र कमलपोखरी वृत्तका हर्कबहादुर विश्वकर्मा छन् ।

प्रतिक्रिया दिनुहोस्