Logo
Logo

प्रधानन्यायाधीशको राजीनामा माग्दै विवेकशील साझाको प्रदर्शन



काठमाडौँ । न्यायालयमा भइरहेको भागबन्डाविरुद्ध विवेकशील साझा पार्टीले प्रदर्शन गरेको छ ।

बुधबार माइतीघर मण्डलामा प्रधानन्याधीशले राजीनामा दिनुपर्छ भन्दै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले ‘प्रधानन्याधीश राजीनामा दे’, ‘नेताहरु न्यायालयमा हस्तक्षप नगर’ लगायतका प्लेकार्ड बोकेका थिए । राजनीतिक भागवण्डाले न्यायालय ध्यस्त भएको बताउदै विवेकशील साझाका अध्यक्ष मिलन पाण्डेले न्यायालयमाथिको हस्तक्षेप बन्द गर्न पर्ने बताए ।

अध्यक्ष पाण्डेले न्यायालयमा भइरहेको भागवण्डा विवेकशील साझालाई स्वीकार्य नहुने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्