आफ्नै साथीको हत्या गर्ने दुई वर्षपछि पक्राउ « Drishti News – Nepalese News Portal
Logo

आफ्नै साथीको हत्या गर्ने दुई वर्षपछि पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । आफ्नै साथीको हत्यामा संलग्न एक फरार अभियुक्तलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बुधबार मकवानपुर गढी गाउँपालिका–१ फूलबारीका २४ वर्षीय जय सिंगारलाई ललितपुर च्यासलबाट पक्राउ गरेको हो ।

उदयपुर कटारी नगरपालिका–२ घर भई ललितपुर बालकुमारी बसेर मूर्तिको काम गर्ने ३३ वर्षीय हरी खड्काको २०७६ साउन २५ गते हत्या भएको थियो । उनको शव २०७६ साउन २८ गते ललितपुर महानगर–१ गुहेपोखरीमा फेला परेको थियो ।

खड्कालाई मकवानपुर गढी गाउँपालिका–१ घर भई ललितपुर महानगरपालिका–९ बस्ने कुमार थिङ भन्ने मानकुमार थिङसहितका व्यक्तिहरुले कुटपिट गरेर हत्या गरी फरार भएको घटनामा संलग्न ५ जना अभियुक्तहरुलाई पक्राउ गरिसकेको छ ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्