Logo
Logo

चीनको टेलिकममाथि अमेरिकी प्रतिबन्ध ‘दुर्भावपूर्ण दमन’ : बेइजिङ


एजेन्सी


बेइजिङ । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको ‘चिनियाँ कम्पनीको दुर्भावनापूर्ण दमन’ भएको चीनले प्रतिक्रिया दिएको छ ।

चीनले यस्ता कदमले सम्बन्ध बिग्रने चेतावनीसमेत दिएको छ । वाणिज्य मन्त्रालयका प्रवक्ता शु युटिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको आर्थिक तथा व्यापारिक टोलीले अमेरिकासँग ‘गम्भीर प्रतिनिधित्व’ गरेको र बेइजिङले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्