Logo
Logo

फेसबुकको नाम परिवर्तन



काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकको परिवर्तित नाम मेटा रहेको छ । फेसबुक सिइओ मार्क जुकबर्गले एक कार्यक्रम गरेर फेसबुकको नाम परिवर्तन गरेका छन् ।

कम्पनी नाम परिवर्तन भए पनि फेसबुक, इन्स्टाग्रामलगायतका नाम भने यथावत नै रहने जुकरबर्गले बताएका छन् । फेसबुकले नाम परिवर्तन गर्ने उद्देश्यले गरेको कनेक्ट इभेन्टमा फेसबुक नाम कम्पनीले गर्ने गरेका सबै कामको प्रतिनिधित्व गर्न नसकेको र यसले गर्दा परिवर्तन गर्नु परेको उल्लेख गरे ।

कम्पनीको नाम एउटा प्रडक्टमा मात्र सिमित भएको बताए । त्यही भएर नाम परिवर्तन गर्नुपरेको जुकरबर्गको भनाइ थियो । डिसेम्बर १ देखि सेयर बजारमा कम्पनीको नाम पनि फेसबुकको एफबिबाट परिवर्तन भएर एम भि आर एस हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्