Logo
Logo

टी-२० विश्वकपः अष्ट्रेलियाको लगातार दोस्रो जित



काठमाडौं । आईसीसी टी-२० विश्वकपमा डेभिड वार्नरको अर्धशतक मद्दतमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

बिहीबार भएको सुपर १२ अन्तर्गत ग्रुप ‘ए’को खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

लगातार दोस्रो जितपछि अष्ट्रेलिया २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । दुई खेल नै जितेको इंग्ल्याण्ड समान अंक भएपनि रनरेटमा अघि छ ।

सुपर १२ मा पहिलो खेलमा बंगलादेशलाई हराएको श्रीलंकाको यो भने पहिलो हार हो ।

प्रतिक्रिया दिनुहोस्