खोपको ‘साइड इफेक्ट’ : स्नायुमा दुर्लभ समस्या ! « Drishti News – Nepalese News Portal
Logo

खोपको ‘साइड इफेक्ट’ : स्नायुमा दुर्लभ समस्या !


दृष्टि संवाददाता


काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) बाट अझै पनि विश्वले पार पाइसकेको छैन । कोभिडविरुद्ध विभिन्न खोप विकास भएका छन् ।

विज्ञहरुले खोपले भाईरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने बताउँदै आएका छन् । तर, खोपको सम्भावित साइड इफेक्टको त्रासका कारण रसियाको आधा जनसंख्याले अझै पनि खोप लगाएका छैनन् ।

त्यस्तै अन्य विकसित देशका विज्ञहरुले पनि खोपबारे नकरात्मक प्रचार गरिरहेका छन् । यसै सन्दर्भमा वेलायमा खोपको असरबारे एउटा अध्ययन भएको छ ।

उक्त अध्ययनअनुसार खोपका कारण स्नायुमा दुर्लभ समस्या उत्पन्न हुनसक्ने र त्यस्तो जोखिम कोभिड भएका मानिसमा बढी हुने भएको छ ।

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले बेलायतका ३ करोड २० लाख वयस्कमा सो अध्ययन गरेको थियो ।

अनुसन्धानकर्ताले कोभिडको पहिलो खोप लगाएका र कोभिड पुष्टि भएका मनिसको एक महिनाको स्नायु प्रणालीको तुलनात्मक अध्ययन गरेका थिए । जसअनुसार कोभिड भएका व्यक्तिमा खोप लगाएका व्यक्तिमाभन्दा बढी गियांगबारे सिन्ड्रोम (जीबीएस) देखिएको थियो ।

यो सिन्ड्रोम हुने व्यक्तिको पैतला र हातगोडमा समस्या हुनुका साथै निर्बलता देखिन्छन् । अध्ययन जर्नल नेचर मेडिसिनमा प्रकाशित छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्