Logo
Logo

प्रहरी नै पैंचो ल्याएर खाना खान बाध्य


- दृष्टि न्युज/संवाददाता


बझाङ , २४ वैशाख ।

बझाङको उत्तरी सीमास्थित धुली प्रहरी चौकीमा गत आइतबार बिहान प्रहरीहरुको फूर्तिफार्ती बेग्लै देखिन्थ्यो । एक जना प्रहरी जवान खरको झुप्रोमुनी भान्सामा भात पकाउँदै थिए । कोही आलुको तरकारी काट्दै थिए । एक जना सिलौटामा मसला पिस्दै थिए ।

प्रहरीका अनुसार चम्किलो हुनुको कारणबारे जिज्ञासा राखिनसक्दै जवान सुराज कुँवरले फ्याट्ट भनिहाले, ‘दुई छाकपछि भान्सामा भात पाक्दै छ । सब मुख मिठ्याएर बसेका छन् ।’ आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

गाउँभरि खोज्दा पनि चामल पैंचो नपाएपछि प्रहरीको भान्सामा अघिल्लो दिन दुई छाक भात पाकेको रहेनछ । उनीहरुले चाउचाउ खाएर रात बिताउनुपरेछ । आइतबार बिहान वडाध्यक्षको घरबाट एक बोरा चामल पैंचो खोजेर ल्याएपछि भात पाकेको रहेछ ।

प्रतिक्रिया दिनुहोस्