Logo
Logo

योग्यता नपुगेको भन्दै न्यायाधीशविरुद्ध रिट निवेदन दर्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २४ वैशाख ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको योग्यातामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले सवोच्चमा रिट निवेदन दर्ता गरेको हुन् । आजको कान्तिपुरमा दैनिकमा समाचार छापिएको छ ।

निवेदनमा न्यायाधीश शर्मासहित न्यायपरिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश, न्यायपरिषद्, त्यसको सचिवालय, संसदीय सुनुवाइ समिति र राष्ट्रपति कार्यालयलाई विषक्षी बनाएको छ । २०७५ चैत १९ गते न्यायपरिषद्ले सर्वोच्चका लागि ५ न्यायाधीशको ना सिफारिस गरेको थियो । त्यसमध्ये शर्माको नाम विवादित थियो ।

प्रतिक्रिया दिनुहोस्