‘दोहोरी च्याम्पियन’मा प्रकाश र मीनाको टीम विजयी « Drishti News – Nepalese News Portal
Logo

‘दोहोरी च्याम्पियन’मा प्रकाश र मीनाको टीम विजयी


दृष्टि संवाददाता


काठमाडौं । रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा प्रकाश पराजुली र मीना बुढाथोकीको टीम विजयी भएको छ ।

शनिबार पोखराको बाराही घाटमा आयोजना गरिएको फाइनल प्रतिस्पर्धामा प्रकाश र मीनाको टीम विजयी भएको हो ।

अर्को टीम बालचन्द्र बराल र शोभा कार्कीको टीम उप–विजेता बन्न सफल भएको छ ।

शोको विजेता टीमले २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त, दोस्रोले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन र तृतीय हुनेले ३ लाख प्राप्त गर्नेछन् । सोका सान्त्वना हुने टीमले २ लाख समेत पाउने आयोजकले जनाएको छ ।

गायक बद्री पंगेनी र गायिका प्रीति आले संचालक गर्दै आएको शो नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राति ८ः५० मा प्रसारण हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्