Logo
Logo

माधव नेपालको प्रश्न : किन चाहियो बालुवाटार र शितल निवासमा हेलिप्याड ?



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले करोडौं खर्च गरेर प्रधानमन्त्री निवास बालुवाटारभित्र हेलिप्याड बनाइएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

एकीकृत समाजवादी निकट समाजवाी इन्जिनिनयरिङ एसोसिएशन नेपालको भेलालाई प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले १० मिनेटमा एयरपोर्ट पुग्न सकिने भए पनि बालुवाटारमा करोडौं रुपैयाँ खर्च गरेर हेलिप्याड किन बनाउँनुपर्यो ? भन्दै प्रश्न गरेका छन् ।

‘मैले पर्यटनमन्त्रीलाई पनि भनेँ– तपाईं जहाँ पायो त्यहीँ एयरपोट बनाउने कुरा नगर्नुस् । अहिले त प्रत्येकलाई आफ्नो गाउँमै एयरपोर्ट चाहिएको छ,’ नेपालले भने, ‘हुँदाहुँदा यस्तो गरिब देश नेपाल छ, बालुवाटारमा हेलिप्याड ! त्यो त मलाई थाहा पनि थिएन । अस्ति पो थाहा भयो । त्यहाँबाट १० मिनेटमा एयरपोर्ट पुगिन्छ, अनि करोडौं रुपैयाँ खर्च गर्ने हो ?’

राष्ट्रपति निवासमा पनि हेलिप्याड बनाउने कुरा भइरहेको आफूले सुनेको भन्दै उनले त्यसप्रति पनि प्रश्न उठाएका छन् । ‘म त्यसको विरोधी हुँ । त्रिभुवन विमानस्थल जानुपर्छ, टाढा पनि छैन’ उनले भने, ‘जनताको पसिनाबाट आएको एकएक पैसा सदुपयोग कसरी गर्ने भन्ने कुराको चिन्ता चासो छैन् । त्यसैले पहिले चिन्ता हुनुपर्याे । मन पोल्नुपर्यो । देश बनाउने आँट र जाँगर हुनुपर्यो ।’

आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डलाई पनि ‘हाम्रो देश किन बनेन’ भनेर अजेण्डा बनाऔं भन्ने प्रस्ताव गरेको उनले बताए । ‘कहाँ समस्या छ ? प्लानिङ हेर्नुस् न, अहिले पानी जहाज कम्पनी चाहिन्छ ? गफाडीको गफ !’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्