Logo
Logo

अलमुताइरीलाई स्वागत गर्दै मन्त्री गहतराजले भने, ‘नेपाल सरकार तपाईंको साथमा छ’



काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई स्वागत गरेका छन् । शनिबार नेपाल फर्किएलगत्तै आईतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अलमुताइरीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।

नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अलमुताइरीले गरेको योगदान अतुलनिय रहेको भन्दै मन्त्री गहतराजले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गरे ।

विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अलमुताइरीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भने, “नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।”

स्वागत पछि प्रतिक्रिया दिदैं अलमुताइरीले नेपाल र नेपालीहरुको मायाले आफू पुनः नेपाल फर्किएको बताए । यो दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै उनले नेपालले आफूलाई धेरै माया दिएको बताए ।

शनिबार नेपाल फर्किएका अल्मुतारीको थप तीन वर्षका नेपालका लागि फुटबल प्रशिक्षकका रुपमा काम गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्