Logo
Logo

प्रधानन्यायाधीशको सन्देश- ‘म सम्मानजनक बर्हिगमन चाहन्छु’



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीहरुलाई आफूले सम्मानजनक बर्हिगमन चाहेको बताएका छन् ।

प्रधानन्यायाधीशले पदको गरिमा राख्न नसकेको भन्दै सर्वोच्चका न्यायाधीशसहित नेपाल बार एसोशिएन र अन्य कानुन व्यवसायी आन्दोलनमा उत्रिएपछि अप्ठ्यारोमा परेका जबराले आफूले सम्मानजनक बर्हिगमन चाहेको बताएका हुन् ।

प्रधानन्यायधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेका न्यायाधीशहरुसँगको छलफलमा जबराले सम्मानजनक बर्हिगमनको प्रस्ताव राखेको बताइएको छ ।

पछिल्लो घटनाक्रमअनुसार आन्दोलनरत सर्वोच्चका न्यायधीशहरुले प्रधानन्यायाधीशसँग छलफल गर्न तीन सदस्यीय टोली गठन गरेको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा सम्मिलित टोलीसँग जबराले यस्तो प्रस्ताव राखेको एक न्यायाधीशले बताए ।

प्रतिक्रिया दिनुहोस्