Logo
Logo

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि प्रदर्शन



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानून व्यवसायीले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा आइतबार प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।

आइतबार सर्वोच्च अदालतको बीच भागसम्मै पुगेका कानुन व्यवसायीलाई आज भने प्रहरीले त्यहाँ जान रोकेको छ । कानुन व्यवसायीहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहित कालो ब्यानर बाँधेर उभिएका छन् । बिहान १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिने उनीहरुको पूर्वनिर्धारित कार्यक्रम छ ।

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्